जिल्ला कबड्डी संघ बाँकेको अध्यक्षमा खत्री

उज्यालो खबर

नेपालगन्ज : जिल्ला कबड्डि संघ बाँकेको अध्यक्षमा जनार्दन खत्री (जनक) चयन भएका छन् ।

नेपालगन्जमा आज भएको कबड्डि सम्बद्धहरुको भेलाले बाँकेमा जनार्दन खत्री (जनक)को अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरेको हो ।त्यस्तै भेलाले संघको उपाध्यक्षमा सफिक बेहना, सचिवमा बिज्ञान शाह, सहसचिवमा ज्ञानेश्वर शर्मा र कोषाध्यक्षमा शर्मिला थापा चयन भएका छन् ।

त्यस्तै कबड्डी संघ बाँकेको सदस्यहरुमा दिल बिश्वकर्मा, गिता गोदार, अम्मर केसी, रमेश दियाली चयन भएका छन् ।

अखिल नेपाल कबड्डि संघ केन्द्रीय अध्यक्ष तुल्सी थापाको भिडियो कन्फ्रेन्स मार्फत भएको विशेष उपस्थितिमा जिल्ला संघ गठन गरिएको नव नियुक्त अध्यक्ष खत्रीले बताउनुभयो ।

नयाँ कार्यसमितिले आज नै पहिलो बैठकबाट कबड्डि खेल संचालनका लागी स्थानिय रेफ्री तालिम संचालन गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *