नेपालगन्जको वसपार्कबाट लागु औषधसहित दुई जना पक्राउ

उज्यालो खबर मुख्य खबर

बाँके प्रहरीद्धारा ठूलो परिमाणमा ब्राउन सुगरसहित दुईजना पक्राउ

बाँके माघ २७ गते ।
बाँके प्रहरीले लागु औषधसहित आज दुई जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलि र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलिले पक्राउ गरेको हो ।

तुर्माखाद गाउँपालिका–७ अछामका १८ वर्षीय प्रेम चलाउने र पञ्चदेवल बिनायक नगरपालिका–४ अछामकै १८ वर्षीय गौरव विष्टलाई नेपालगन्जको वसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैजना वसपार्कमा बस्दै आएका थिए ।

प्रतिबन्धित लागु औषध ब्राउनसुगर विक्री भइरहेको भन्ने सूचना प्राप्त गरेको प्रहरीले उनीहरुमाथि आवश्यक चेकजाँच गर्दा ५२ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर फेला परेको बाँके प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु भइरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *