लक्ष्य भेट्न् असारमा प्रतिदिन १२ अर्ब खर्चनुपर्ने

आर्थिक परिवेश मुख्य खबर

चालु आर्थिक वर्ष २०७७/७८ को ११ औं महिना (साउन-जेठसम्म) नेपालको कुल बजेट खर्च ६२.१७ प्रतिशत मात्र भएको छ । सरकारले चालु आवमा कुल १४ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।

तर, यो लक्ष्यलाई आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले १२ खर्ब ६६ अर्ब २६ करोड रुपैयाँ खर्च गर्ने गरि झारेको छ । यो दोस्रो संशोधन हो । चालु आवको बाँकि एक महिनामा संशोधित लक्ष्य भेटाउने हो भने अब सरकारले प्रतिदिन करिव १२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।

११ औं महिनासम्म चालु खर्च संतोषजनक नै भएपनि पुँजीगत खर्च भने टिठलाग्दो छ । आवको अन्तिम महिना बाँकी रहँदा अब लक्ष्यको ६० प्रतिशत भन्दा बढी पुँजीगत बजेट खर्च गर्नुपर्ने देखिएको छ । जेठ मसान्तसम्म मात्र ४०.५४ प्रतिशत पुँजीगत खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च ९ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसमध्ये चालु खर्च ७ खर्ब ६१ करोड रुपैयाँ र पुँजीगत खर्च १ खर्ब ४३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यो क्रमशः ७३.८३ र ४०.५४ प्रतिशत प्रगति हो । वित्तीय व्यवस्थामा यो अवधिमा ७३ अर्ब १५ करोड रुपैयाँ बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ४२.३४ प्रतिशत हो ।

यस्तो छ चालु आवको संशोधित अनुमान र जेठ मसान्तसम्मको खर्च (रु. लाख)

शीर्षक खर्चआव २०७७/७८ को विनियोजनअर्धवाषिर्क समिक्षाको संशोधनबजेट २०७८/७९ बाट संशोधनजेठ मसान्तसम्मको खर्चविनियोजनको तुलनामा जेठसम्मको खर्च प्रतिशत
चालु९४८९४०६९१४७८००८६७५४१२७००६१४१६२.१६
पुँजीगत३५२९१७५२८३०४००२५१४७३२१४३०८९४४०५४
वित्तीय व्यवस्था१७२७८७३१४६८६००१४७२५०२७३१५०५४२.३४
कुल१४७४६४५४१३४४६८००१२६६२६४६९१६८५४०६२.१७

पछिल्लो ५ वर्षमा असार महिनामा कति प्रतिशत पुँजीगत खर्च भयो ? 

२०७२/७३ : ४९ प्रतिशत

२०७३/७४ : ४१ प्रतिशत

२०७४/७५ : ३९ प्रतिशत

२०७५/७६ : ३६ प्रतिशत

२०७६/७७ : ३४.३३ प्रतिशत

औसत : ३९.८४ प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *