काठमाडौं, १७ जेठ । चीनमा अब एक जोडीले तीन वटासम्म सन्तान जन्माउन सक्ने छन् । सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गरेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले त्यहाँ एक जोडीले तीन सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो ।
चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या बढी भएको हालैको जनगणनाले देखाएको थियो । साथै त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या बढी भएकाले विवाहका लागि पुरुषले महिला पाउन निकै गाह्रो भएको बताइएको थियो ।
यो नीतिले जनसंख्या बढ्ने र चिनियाँ जनसंख्याको ढाँचामा सुधार आउने चीन सरकारको अनुमान छ । यसअघि चीनमा एक सन्तानको नीति थियो । जसका कारण चीनको जनसंख्यामा भारी कमी आएको थियो ।
तर सन् २०१६ यता चीनमा एक जोडीले २ वटा सन्तान जन्माउन पाउने नियम बनाइएको थियो । जनसंख्यामा सुस्त वृद्धि देखिएपछि फेरि तीन सन्तानको नीति लागू भएको हो । एससीएमपी