जिवनमा कसैलाई मन पराइन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ, त्यो माया प्रगाड बनाउनको लागि यस्ता किसिमका व्यवहार पनि आवश्यक हुने गर्दछ । यस्तै भावमा भर्खरै मात्र प्रदीप अधिकारिको लयमा सिद्धार्थ आले मगर, सन्जय पुलामि प्रस्तुति ‘पिरति छ धेरै’ बोलको गीत सार्वजनिक भएको छ ।

धादिङ जिल्लामा जन्मिएर हाल काठमाण्डौ आफ्नो सांगितिक कर्मथलो बनाइरहेका प्रदीपले यसअघि पनि थुप्रै गितहरु बजारमा ल्याएर असंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनी पहिलेका आफ्ना प्रस्तुतिलाई झै यस प्रस्तुतिलाई पनि आफ्ना श्रोता तथा दर्शकको तर्फबाट साथ प्राप्त हुने कुरामा विस्वस्थ रहेका छन् ।
‘पिरति छ धेरै’ बोलको गितमा सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ । प्रदिप अधिकारिको लय र रमेश विजिको शब्दद्वारा सजिएको यस गितको म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् । नेपाली गीत संगितको म्युजिक भिडियो निर्देशनको पाटोमा निर्देशक दिपेन्द्र सफल मानिन्छन् ।
यस गितको म्युजिक भिडियोमा विमल अधिकारी, जिवेश सिंह गुरुङ्ग, गरिमा शर्मा र विना विश्वकर्माको अभिनय देख्न सकिन्छ । भिडियोलाई छायांकन, नवराज उप्रेती लगायतले गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ ।