सीमावर्ती बजारमा दुई जना सशस्त्र प्रहरीलाई भारतीय नागरिकले गरे हातपात !

उज्यालो खबर मुख्य खबर

भीमदत्त नगरपालिका–९ स्थित नेपाल–भारत सीमावर्ती बजार ब्रह्मदेवमा दुई जना सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन्।

सीमा सुरक्षामा खटिएका बोर्डर आउट पोष्ट (बीओपी) ब्रह्मदेवका दुई सशस्त्र प्रहरीमािथ भारतीय नागरिकले आक्रमण गरेका हुन।

सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ।

‘सशस्त्र प्रहरीमाथि हातपात गरेको जानकारी आएको छ, हामीले उनीहरुलाई नियन्त्रणमा लिएकाछौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले भन्यो, ‘कति चोट लागेको केही जानकारी प्राप्त भइसकेको छैन।’

भारतीय नागरिक ब्रह्मदेवस्थित सिद्धबाबा मन्दिर दर्शकका लागि आएका थिए। उनीहरु अधिकाँसले मादक पदार्थ सेवन गरेको पाइएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *