२५० करोडको ‘पठान’ सँग ५० करोडको ‘गान्धी गोड्से’ भिड्दै छ !

उज्यालो खबर मुख्य खबर

घायल, घातक, दामिनीजस्ता सुपरहिट फिल्म दिएका राजकुमार सन्तोषी ९ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। ‘गान्धी गोड्स एक युद्ध’ बाट उनी निर्देशनमा फर्किन लागेका हुन्।

यो फिल्म २६ जनावरीबाट हलमा प्रदर्शन हुँदैछ। मुम्बईमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। 

उक्त कार्यक्रममा शाहरूख खानको आगामी फिल्म ‘पठान’ सँग प्रदर्शन हुने बारे निर्देशक राजकुमारलाई प्रश्न गरिएको थियो।

राजकुमार सन्तोषीको फिल्म ‘गान्धी गोड्स’ ५० करोड बजेटमा बनेको हो भने शाहरूखको ‘पठान’ २५० करोडमा। निर्देशक राजकुमारले यी दुई फिल्मलाई तुलना गर्न नमिल्ने बताए।

‘हाम्रो फिल्म विषयवस्तुमा रूचि राख्ने दर्शकका लागि हो। दुवै फिल्म एकअर्कासँग निकै फरक छ। त्यसैले यस्तो फिल्मबारे म कहिले चिन्ता लिन्नँ। अर्जुनले माछाको आँखामा निसाना गरेजस्तै म पनि आफ्नो फिल्मप्रति केन्द्रित छु। त्यही समयमा पठान आउँदैछ भनेर याद समेत गरेको थिइनँ,’ उनले भने। 

उनले शाहरूख खानको तारिफ गर्दै भने, ‘शाहरूख राम्रो मान्छे हुनुको साथै मेहनती अभिनेता पनि हुन्। पठान यशराज जस्तो ठूलो ब्यानरबाट बनेको छ। मेरो तर्फबाट उनीहरूलाई शुभकामना!’ 

शाहरूख खानको ‘पठान’ २५ जनावरीबाट प्रदर्शन हुँदैछ। यसै फिल्ममार्फत शाहरूख पाँच वर्षपछि कमब्याक गर्दैछन्। 

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका छ। यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *