नेपालगन्ज ।
मध्य तथा सुदूरपश्चिम क्षैत्रलाई मध्य नजर गर्दै बाँकेको नेपालगन्ज न्युरोड स्थित बागेश्वरी हल अथवा क्यु एफ एक्स प्रांगणमा गाँजाको रेशाबाट बनेका कपडाहरुको जि-मार्ट पसल उद्घाटन भएको छ ।
आज शिवरात्री अथवा फागुन कृष्ण चतुर्दशी पर्वलाई मध्यनजर गर्दै आज जि-मार्ट पसल उद्घाटन गरेको जि-मार्ट पसलका प्रबन्ध निर्देशक बोबि क्षेत्रिले बताएका छन ।
पछिल्लो चरण नेपालमा पनि गाँजा बैधानिकरण हुनु पर्ने र गाँजा अभियान चलाइरहेको बेला नेपालमा गाँजाको रेशाबाट बनेका कपडाको माग बढ्दै गएपछि नेपालगन्जमा पनि व्यवसाय सुरु गर्ने उदेश्यले पसल सुरुवातमा लिएको बताएका छन । तत्कालै सबै किसिमका कपडा नभएपनि हप्ता दिनपछि रेशाबाट बनेका सबैखाले कपडाका डिजाइन उपलब्ध हने र होम डेलिभरीको समेत उपलब्ध गराउने उदेश्य रहेको क्षेत्री बताउछन ।
ATM News