आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउन जाँदा,घाइते भएकी घरबेटीको मृत्यु !

उज्यालो खबर मुख्य खबर

पोखरा : पोखरामा आइतबार बिहान आगो लागेर घाइते भएकी महिलाको  मृत्यु भएको छ। उनको आइतबार राति ११:२० मा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो । 

आइतबार बिहान पोखरा १३ काँहुखोलाकी संगीता सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा राति मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।  

क्षेत्रीले आत्मदाह गर्न शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि बचाउने क्रममा घरभेटी सापकोटालाई पनि आगो लागेको समाचार बाहिरिए पनि के कसरी क्षेत्री र संगीतालाई आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेकाले पछि मात्र यथार्थ थाहा हुने प्रहरीले बताएको छ ।  

आगो लागेर सापकोटाको शरीरको ८० प्रतिशत भाग जलेको  थियो । क्षेत्रीको भने २५ प्रतिशत शरीर जलेको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ । 

दुबैजनालाई स्थानीयले उद्धार गरेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्‍याएका थिए ।  घट्नाको अनुसन्धान भइरहेकोले अहिले नै यसरी नै घट्ना घट्यो भन्न नसकिने र छिट्टै नै सत्यतथ्य बाहिर आउने गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।  अन्‍नपूर्ण पोस्ट्

Leave a Reply

Your email address will not be published. Required fields are marked *