बाँकेमा सवारी दुर्घटना कहालीलाग्दो ! पुष महिनायता मात्रै २६ को मृत्यु !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज : बाँकेमा पछिल्ला समय सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको छ । पुष महिनायता मात्रै ६५ वटा सवारी दुर्घटना भएका छन् ।

जसमा ट्राफिक प्रहरी कार्यालयका अनुसार २६ जनाले अकालमा ज्यान गुमाएका छन् । १८ जना पुरुष, ५ जना महिला र ३ जना बालबालिका छन् । २७ जना घाइते भएका छन् ।

नेपालगन्जमा पछिल्लो समय सवारी दुर्घटनाको अवस्था कहाली लाग्दो छ । सुर्खेतरोडको वीपीचोक–धम्वोजी खण्डमा मध्यरातमा सडकछेउमा हिडिरहेका नावालकसहित तीनजनाको कारको ठक्करबाट मृत्युभयो ।

त्योभन्दा अगाडि राँझामा टिप्परले मान्छे किच्यो । चेकिङमा खटिएका प्रहरी हवल्दारको पनि मोटरसाइकलले ठक्कर दिँदा मृत्युभयो । नेपालगन्जमा हिंजोआज दैनिकरुपमा सवारी दुर्घटना भइरहेका छन् ।

दुर्घटनामा मानिसहरुको अकालममा मृत्युमात्र भइरहेको छैन् शरिर अगभंग भएर अपांगता हुनेको संख्या पनि धेरैछ । सवारी दुर्घटना किन यसरी बढिरहेका छन् त ? यसमा सबैभन्दा बढी दोष नेपाल प्रहरी र ट्राफिक प्रहरीनै हुन् । लाइसेन्स नबोकेकालाई समेत सय रुपैयाँ लिएर छाड्ने ट्राफिक प्रहरीले टिप्पर र ट्याक्टरबाट त झन मासिक मैनावरीनै असुल्ने गरेको छ ।

त्यसका एथेष्ट प्रमाणहरु सुरक्षित नै छन् । त्यसरी लाइन दिएर सडकमा गाडी गुडाउँदा उनीहरुमा आत्मबल बढ्छ । उनीहरु मनपरी गाडी गुडाउने गर्छन । जस्का कारण सर्वसाधरणले आफ्नो ज्यान गुमाउन बाध्य हुन्छन्।

यस्तै विभिन्न विटमा खटिएका नेपाल प्रहरी समेत डियुटीमा इमान्दार नहुने गरेको पाइएको छ । उनीहरु मोवाइल खेलाएर बस्ने, यसो अनुकूल मिले भट्टीसम्म पुग्ने गरेका तथ्यहरु भेटिएका छन् । जस्ले गर्दा सडकमा सवारीसाधनको मनपरी चल्ने गरेको छ ।

यहाँसम्मकी राती विटमा खटिएका नेपाल प्रहरीले समेत सवारीसाधनबाट अशुल्ने गरेका छन् । सम्भवतः यदी भद्रगोल र अव्यस्थित ट्राफिक व्यवस्थापन बाँकेमा कहिल्यै भएको थिएन् ।

यो खवर आजको नागरिक समाज मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *