मोटरसाइकलको ठक्करबाट चेकिङ्गमा खटिएका प्रहरी हवल्दार शाहीको मृत्यु, जवान गम्भीर घाइते

उज्यालो खबर मुख्य खबर

बाँके फागुन २३ गते ।
नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्रा शाहीको मृत्यु भएको छ, भने प्रहरी जवान नरेश चौधरी गम्भीर घाईते भएका छन् ।

प्रहरीलाई नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा सोमबार राति करिव साढे आठ बजेको समयमा भे १० पा ४७५७ नम्बर प्लेटको टिभिएस अपाचि मोटरसाइकलले ठक्कर दिएको थियो ।

नेपालगन्जबाट कोहलपुरतर्फ जादै गरेको मोटरसाइकलले चेकिङ्गमा खटिएका प्रहरीलाई ठक्कर दिएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठक्कर दिने मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् । घाइते भएको प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *