दुई वर्षपछि बसन्तपुरमा होली उत्सव

उज्यालो खबर मुख्य खबर

३ चैत, काठमाडौं । दुई वर्षपछि उत्साहपूर्वक रुपमा होली मनाइएको छ । काठमाडौंको बसन्तपुरमा होली उत्सव लागेको छ ।

कार्यक्रममा युवायुवतीहरूको उल्लेख्य सहभागिता छ । उनीहरूले एकअर्कालाई अबिर लगाइदिएर आत्मीयता साटासाट गरिरहेका छन् ।

यसअघिका दुई वर्ष भने कोरोना महामारीका कारण होलीको उत्साह देखिएको थिएन । यो वर्ष भने कोरोना संक्रमण दर घटेकोले सार्वजनिक कार्यक्रम गरी विभिन्न संघसंस्था होली मनाएका छन् ।

होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *