अभिनेत्री तेजस्वी बनिन्, बिग बोस सिजन–१५ को विजेता

उज्यालो खबर मुख्य खबर

अभिनेत्री तेजस्वी प्रकाश भारतीय टीभी रियालिटी शो बिग बोस सिजन–१५ को विजेता भएकी छन्।

फाइनलमा तेजस्वीले प्रतिक सहजपाललाई हराउँदै उपाधि जितेकी हुन्।  उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख (भारतीय रूपैयाँ) प्राप्त गरिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार तेजस्वी र प्रतिकबीच कडा टक्कर भएको थियो। शोमा भएका सबैले प्रतिकलाई विजेता मानेका थिए। सामाजिक सञ्जालमा समेत प्रतिकलाई विजेता घोषित गरिएको थियो । तर, तेजस्वी विजेता बन्न सफल भइन्। 

तेजस्वीले ट्रफि जितेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। प्रतिक नै विजयी हुन योग्य भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइएको छ।

बिग बोस १५ को ट्रफी जित्नुअघि तेजस्वी प्रकाशले कलर्स टेलिभिजनको शो ‘स्वरागिनी’ मा शीर्ष भूमिका निभाएकी थिइन्। यस्तै खतरो के खेडाडीको १० औं संस्करणमा समेत उनले भाग लिएकी थिइन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *