बर्दिया : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको तर्फबाट बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ मा अध्यक्ष पदमा उठेका विद्यार्थी राजनीतिबाट उदयमान युवा नेता टेकेन्द्र मल्ल लगायतका टीमलाई नेकपा माओवादी केन्द्रले सहयोग गर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र अन्य वडाहरुमा नेकपा एसले सहयोग गर्ने भएपछि उक्त वडा नं १ मा माओवादी केन्द्रले नेकपा एसलाई सहयोग गरेको बढैयाताल गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रबाट प्रमुखका प्रत्यासी हिमालय त्रिपाठीले बताउनुभयो ।
आज चुनावी घरदैलो कार्यक्रम पछिको कोण सभामा युवा नेता मल्लले गठबन्धन पक्षधरहरु बिच सहमति भएको र प्रतिगमनका विरुद्ध देशभक्त पार्टीहरु एक हुनुपर्नेमा जोड दिनु भएको थियो ।
मल्लले बढैयाताल गाउँपालिका प्रमुखमा हिमालय त्रिपाठी र उप प्रमुखमा कल्पना गुरुङलाई गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्न र वडा नं १ मा कलम चिन्हमा मतदान गर्नका लागि सबैलाई अनुरोध गर्नुभएको थियोे ।
बढैयाताल गाउँपालिकामा हिमालय त्रिपाठीको टीमको विकल्प नभएको मल्लले बताउनुभयो ।