विष्ट र राई मत माग्दै पुगे मस्जिद !

उज्यालो खबर मुख्य खबर

बाँके बैशाख १६ गते । नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले आफ्नो घरदैलो अभियानलाई सशक्त बनाएका छन् ।

मेयर पदका उम्मेदवार प्रशान्त विष्ट र उपमेयर पदका उमेदवार कमरुद्दिन राइ आज नेपालगन्ज उपमहानगरपालिका एकलैनी र घोसीटोलमा रहेको गौसिया मस्जिदमा पुगेर मुस्लिम समुदायसँग मत मागेका हुन् । रमजान महिनाको अन्तिम शुक्रबारलाई अलविदा भनिन्छ । फैजुन्नवी जामा मस्जिदमा अलविदा नमाज सम्पन्नपछि मेयर र उपमेयरले मुस्लिम समुदायसँग साक्षात्कार गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट मेयर पदका उम्मेदवार विष्ट र जसपाबाट उपमेयर पदका उम्मेदवार राइले चुनावी घरदैलो अभियानलाई तीब्र पारेका छन् । नेपालगन्जको विकास र सम्बृद्धिका लागि आफुहरुले मिलेर काम गर्ने भन्दै आफ्नो पक्षमा मतदान गर्न उनीहरुको आग्रह छ । मतदाताहरुले पनि यो पटक विकासप्रेमी नेताहरुलाई मत दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *