काठमाडौंमा युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दै प्रर्दशन !

उज्यालो खबर मुख्य खबर

काठमाडों । रुसले युक्रेनमाथि गरेकाे आक्रमण रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रर्दशन गरेको छ । तत्काल यद्ध रोक्न माग गर्दै शान्ति समाजले बालुवाटारस्थित रसियन राजदूतावास आगाडि प्रर्दशन गरेको हो ।

युक्रेनबाट तत्काल रूसी सेना फिर्ता गर्नुपर्ने र युद्ध रोक्नु पर्ने समाजले माग गरेको छ । रुसलाई तत्काल युद्ध रोकी शान्ति प्रवर्द्धन गर्न विशेष आह्वान गर्दै आएको समाजका महासचिव रामकृष्ण बरालले बताए ।

‘युद्ध निषेधः शान्ति विषेश’ भन्ने नारासहित समाजले ‘युक्रेनमाथि आक्रमण बन्द गर, रुस तत्काल सैनिक फिर्ता गर, युद्ध तत्काल रोक’ भन्ने प्लेकार्ड प्रदर्शन गरेको छ ।

एक महिनाअघिदेखि रूसले युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *