पूर्वगृहमन्त्री एवम् काँग्रेस नेता बालकृष्ण खाँण पक्राउ !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकणरमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नेपाली काँग्रेसका नेतासमेत रहेका खाँणलाई प्रहरीले बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।

सो प्रकरणमा यसअघि गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरिसकेको छ ।

सोही प्रकरणमा मुछिएका एमाले सचिव सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी रहेको छ । उनी हाल फरार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *