सामुहिक नमाजपछि उपप्रमुख पदका उम्मेदवार राई शुभकामना बाँड्न घरघरमा !

उज्यालो खबर मुख्य खबर

बाँके बैशाख २० गते ।
जनता समाजवादी पार्टी र नेपाली काँग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले इस्लाम धर्मालम्बिहरुको पवित्र चाड इदको सबैलाई शुभकामना दिनुभएको छ ।

इदको नमाज पढ्न वीपी चोकस्थित इदगाहमा पुग्नुभएका उहाँले नमाज पढिसकेपछि सबैसँग अंकमाल गर्दै एकआपसमा शुभकामना आदानप्रदान गर्नुभएको हो ।

नेपालगन्ज वहु सांस्कृतिक, वहुधार्मिक र वहुआयामिक सहर भएकाले यसलाई धार्मिक र सामाजिक सद्भावको नमुना शहर बनाउन सकिने राईले बताउनुभयो ।

इदगाहमा सामुहिक नमाज पढिसकेपछि उपप्रमुख पदका उम्मेदवार राई नगरमा रहेका अन्य मस्जिद र घरहरुमा पुगेर सबैलाई शुभकामना दिनुभएको थियो ।

त्यसक्रममा उहाँले आफुले मुस्लिम समुदायको हकअधिकारका सवालमा काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । अधिकांश मुस्लिम समुदायले स्थानीय तहमा आफ्नो समुदायबाट प्रतिनिधित्व हुन लागेकोमा खुसीसहित विजयीको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *