खजुरामा एमाले अध्यक्षको चर्चा : बाजी कस्ले मार्ला ?

उज्यालो बहस मुख्य खबर

नेपालगन्ज : सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरे संगै स्थानीय तहको निर्वाचनको सरगमी बढेको छ ।

बाँकेको चर्चामा रहेको स्थानीय तह खजुरामा एमालेबाट चार जनाको चर्चा एतिबेला बजारमा निकै चलिरहेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर एकको अध्यक्ष समेत रहेका चर्चित युवा नेता सुमन मल्लको चर्चा स्थानीय तह निर्वाचनको मिति घोषणा भए संगै जिल्लामा एमाले भित्र भुसको आगो जसरी खजुरा अध्यक्षको रुपमा चर्चा चलिरहेको छ ।

उता आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा सम्पन्न गरेर राजनिती उचाईलाई समेत बढाएका एमालेका अर्का खजुराका नेता भिम ओलीको समेत खजुरा गाउँपालिकाको अध्यक्षको रुपमा यतिबेला चर्चा चलेको छ ।

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेकै दिन आफू खजुराको प्रमुखको रुपमा प्रत्यासी रहेको भनेर सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेकी हालको गाउँपालिकाको उपाध्यक्ष एकमाया बिक समेतले आफुलाई अध्यक्षको प्रत्यासीको रुपमा बजारमा चर्चा चलाएको बुझिएको छ ।

खजुरा गाउँपालिकाको अध्यक्ष समेत रहेका एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले हालको दिनसम्म स्थानीय तहमा उठ्ने वा नउठ्ने कुनै आधिकारिक घोषणा नगरे पनि एकथरीले भने खजुरा गाउँपालिकाको अध्यक्षमा दुई वा सो भन्दा बढीले इच्छा देखाएको खण्डमा कक्षपति स्वयमले सर्वसम्मत रुपमा दोहरिने सम्भावना रहेको बताउदै आएका छन् ।

उता केही एमालेका स्थानीय नेताहरुले भने एमाले जिल्ला अध्यक्षको रुपमा पार्टीलाई संचालन गर्ने र संघ तिर अध्यक्ष कक्षपति जाने आकलन समेत गरेका छन् ।

यदि त्यस्तो अवस्था सृजना भएमा भने खजुरा गाउँपालिकाको अध्यक्षको रुपमा एमालेका पुराना नेताको रुपमा चिनिने भक्त बहादुर केसिलाई अध्यक्षको रुपमा प्रस्तुत गरिने समेत बताउदै आएका छन् ।

एमालेका पुराना नेताको रुपमा चिनिने भक्त बहादुर केसिलाई खजुराको अध्यक्षको रुपमा प्रस्तुत गरेमा माथिल्ला नेताहरुको समेत मत केसिमाथि जाने आकलन गरिएको छ ।
जिल्लामा जुन किसिमले एमाले खजुराको उमेदवारको चर्चा चल्दै छ त्यसले धेरैको राजनैतिक भबिष्य र कित्ता निर्धारण गर्ने बताइदै आएको छ ।

एमाले जिल्ला तहलाई खजुराको प्रमुखको टिकट सबैभन्दा मुस्किलको फलामको चिउरा साबित हुने जानकार बताउछन् ।

जनस्तरमा राम्रो चर्चा र मत रहेको सुमन मल्लको युवा पुस्तामा निकै राम्रो लहर रहेको छ । एमालेमा हालको संगठनमा समेत युवा पुस्ताको उल्लेख योगदान र सहभागीता रहेको छ । उता वडा अध्यक्ष हुँदा समेत बिकासप्रेमी युवा नेताको पगरी पाएका मल्ल जनस्तरमा निकै चर्चित मात्रै होईन, मल्ल नै अध्यक्षमा आउनुपर्छ भन्ने भावना व्यापक छ ।

उता राष्ट्रिय खेलकुदलाई नेपालगन्जमा सम्पन्न गराएका भिम ओलीको हकमा समेत सो कुरा लागू हुने बताइदै आएको छ ।

स्थानीय तह निर्वाचनको समय सिमा नजिकिदै गर्दा चर्चा परिचर्चा हुनु स्वभाविक रहेको र अन्तमा खजुरा गाउँपालिकामा भिम ओली वा सुमन मल्ल मध्य एकको पोल्टामा अध्यक्षको टिकट जाने धारण राख्ने जमात एमालेमा धेरै रहेको बताइदै आएको छ ।

जस्तै जस्तै चुनावको दिनहरू नजिक हुँदै गैरहेको छ त्यसरी नै चर्को रुपमा एमालेमा अध्यक्षको दाबेदारी गर्नेहरुको संख्या बढ्ने समेत आकलन समेत गरिएको छ ।

यो खवर नागरिकसमाज मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *