चितवनको माडीस्थित एक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
माडी-१ मा रहेको सोमेश्वर उच्च माविमा कक्षा-९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुरज लामिछाने पक्राउ परेका हुन्।
माडी-५ का ३७ वर्षीय लामिछाने उक्त विद्यालयमा लेखा विषय पढाउने गर्थे।
नाबालिकाको आफन्तले दिएको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।
परिवारको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको अधिकारीले बताए।
शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले विद्यालयमा प्रदर्शन पनि गरेका थिए। उनीहरूले इलाका प्रहरी कार्यालय माडीमा उजुरी पनि दिएका थिए।
माडीमा सहमति गरेर मुद्दा टुंग्याउने प्रयास गरिएपछि जिल्ला प्रहरीमा जाहेरी दिइएको बालिकाको परिवारले बतायो।
यो खवर ।सेतोपाटी मा छ