अमेरिकीहरूलाई तत्काल युक्रेन छाड्न ताकेता

उज्यालो खबर मुख्य खबर

युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुन: ताकेता गरेको छ।

जारी रुसी हमलाले त्यहाँको सुरक्षा अवस्था ‘हिंसात्मक तथा अनुमान गर्न नसकिने’ हुन थालेको उसले उल्लेख गरेको छ।

यात्रामार्ग र त्यसका जोखिमबारे पनि निकै सोचविचार गर्न दूतावासले आफ्ना नागरिकलाई अनुरोध गरेको छ।

सडकहरूमा भिड हुनसक्ने, लडाइँ भइरहेको हुनसक्ने वा पूर्वाधार नै ध्वस्त भएको हुनसक्ने बारे ख्याल गर्न उसले भनेको छ।

ज्यानुअरीमा अमेरिकी विदेशमन्त्रालयले युक्रेनमा रहेका अमेरिकीहरूको यकीन सङ्ख्या आफूसँग नभएको जनाएको थियो।

BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *