फाउन्डेसनले, क्षतिग्रस्त लुम्बिनी गार्मेन्टकी संचालिका खातुनलाई रु.पचास हजार रुपियााँ आर्थिक सहयोग गरेको छ ।

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

नेपालगञ्ज, पुस ३० ।  पुर्णतारा फाउन्डेसन नेपालको तेस्रो बार्षिक साधारणसभा बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । फाउन्डेसनले  आफ्नो कार्यालयमा विविध कार्यक्रम गरी बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
फाउन्डेसनकी अध्यक्ष तारा कुमारी खत्री रोकायले फाउन्डेसनलाई थप सक्रिय बनाउनको लागी  कार्यसमितिमा गौरी पोखरेल र शोभा गुरुङलाई सदस्यका रुपमा मनोनीत  गर्नु भएको छ ।
साथै पुर्णतारा फाउन्डेसन नेपालले केही समय अगाडि आगलागीबाट क्षतिग्रस्त भएको लुम्बिनी गार्मेन्टकी संचालिका कस्मिरा खातुनलाई रु  पचास हजार रुपियााँ आर्थिक सहयोग पनि गर्नु  भएको छ । 

कोरोनाको जोखिम भएकालेे  साधारणसभा कार्यक्रममा अथिती एवम् सहभागी सिमित ब्यक्तिहरु मात्र सहभागी रहेका थिए ।  कार्यक्रममा सहभागि सबैले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै अझै बढी भन्दा बढी समाज सेवा गर्ने पे्ररणा प्राप्त होस भन्ने कामना गरेका थिए । कार्यक्रम पुर्णतारा फाउन्डेसनको कार्यालयमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *