शनिबार बिहाधनुषामा दुई ट्रक ठोक्किँदा तीन जनाको मृत्यु !

जनकपुरधाम चैत ११ गते ।धनुषामा दुई ट्रक एकापसमा ठोकिएको छ । शनिबार बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी […]

Continue Reading

कैलालीको धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित !

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयवासीले बताउँदै आएका छन् । धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा […]

Continue Reading

नगरपालिकाको सहयोगमा बाँझो जग्गामा ओखर खेती गर्दै !

बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै स्थानीय किसानलाई प्रोत्साहन गर्न नवप्रवर्द्धन कोषमार्फत चालु आर्थिक वर्षदेखि ओखर खेती थालेको छ। नयाँ प्रविधिमा आधारित ओखर खेतीका लागि गलकोट यस वर्ष छनोटमा परेर ओखर लगाइएको छ। गण्डकीमा उक्त कोषमार्फत गलकोटसहित तीन पालिकामा यो कार्यक्रम लागू भएको छ। जनताको आर्थिक विकासमा टेवा पुर्‍याउने र बाँझो जग्गालाई सदुपयोग गर्ने नीतिका […]

Continue Reading

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले थाल्याे पहल !

 मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा […]

Continue Reading

मुगुमा निशुल्क पाइने औषधीको चरम अभाव, बालबालिका बढि प्रभावित !

मुगु । सरकारले आफ्नो मातहतमा रहेका अस्पतालहरुले ९३ प्रकारको औषधी सेवाग्राहीलाई निःशुल्क दिनुपर्ने प्रावधान राखेको छ । सरकारले यस्तो प्रावधान राखेपनि अझै धेरै अस्पतालहरुमा निशुल्क पाइने औषधीको चरम अभाव छ । मुगु जिल्लाको ठिनीमा रहेको जिल्ला अस्पतालमा पनि निःशुल्क पाइने औषधी अभाव हुँदा उपचार गर्न आउने अधिकांस बिरामी मर्कामा परेका छन् । १५ शैयाको क्षमता रहेको […]

Continue Reading

उपचारका लागि अस्पातलमा भर्ना भएका बिरामी खोलामा मृत भेटिए !

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत्य फेला परेका छन् । एक हप्ता अगाडी उपचार गर्न आएका तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए । लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । लालु […]

Continue Reading

मुलुककै सबैभन्दा ठूलो गाई फार्म पर्साको सुवर्णपुरमा !

वीरगञ्ज । पर्साको सुवर्णपुरमा मुलुककै सबै भन्दा ठूलो गाई फार्म खुलेको छ । स्वचालित प्राविधिबाट सुरु गरिएको गाई पालनबाट २५ हजार लिटर दुध उत्पादन गर्ने फर्मको लक्ष्य रहेको छ । यो गाई फार्ममा दुघ उत्पादन देखि जैबिक मल, गोबर ग्यास र बिजुली समेत उत्पादन भइरहेको छ । पर्साको दुर्गम गाउपालिकाको रुपमा रहेको ठोरीको सुर्वणपुरमा मुलुककै सबै […]

Continue Reading

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु !

 पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]

Continue Reading

विवाह भोजमा धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ !

बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बाराको फेटा गाउँपालिका–१ भलुही टोल बस्ने २० वर्षीय सुरज दासलाई पक्राउ गरेको हो। उनले सोही स्थानका रामविद्या महतोको घरमा विवाहको भोज खाइरहेको अवस्थामा २२ वर्षीय राजकरण दासको टाउकोमा हतियार प्रहार गरेका थिए। बाराको विश्रामपुर गाउँपालिका–१ छतवा टोलमा लुकेर […]

Continue Reading

पाकिस्तानमा पारिवारिक झगडाको कारण ११ जनाको हत्या !

एजेन्सी । बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेकाे प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ । पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा […]

Continue Reading