३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरे, ५२ दलले गरेनन् !

काठमाडौं । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गर्न र त्यसको सात दिनभित्र सो सम्बन्धमा जानकारी गराउन वैशाख २८ गते राजनीतिक दललाई निर्देशन दिएको थियो। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार निर्देशनबमोजिम ३० […]

Continue Reading

काठमाडौँमा बालेनको एक्सनपछि अस्पतालहरुको बेइमानी सार्वजनिक हुँदै !

काठमाडौँ । ‘स्वास्थ्य सेवा सञ्चालन मापदण्ड २०७७’ले भन्छ– सबै अस्पतालहरुले कुल शैयाको १० प्रतिशत निः शुल्क हुनुपर्छ र विपन्न असहायहरुले सेवा पाउनुपर्छ । यो मापदण्ड अपवाद बाहेक कुनै अस्पतालले पालना गरेका छैनन् । काठमाडौं महानगरले आफ्नो नगर क्षेत्रका अस्पतालहरुलाई यस्तो सुविधा दिन आग्रह गरेको छ । तर कुनै अस्पतालले पनि महानगरलाई गनेनन् । त्यसपछि मेयर बालेन्द्र […]

Continue Reading

पल शाहसँग देखिइन् ‘मिस पवि’, ‘थाहै भएन’ म्युजिक भिडियोमा सार्वजनिक !

मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्तुत छिन् । टिकटकबाट चर्चामा आएकी डडेल्धुराकी ‘मिस पवि’ले पलसँग भिडियोमा अभिनय गर्ने आफ्नो सपना रहेको बताउँदै आएकी थिइन् ।  यस प्रेमगीतको भिडियोमा उनी पलसँग रोमान्टिक देखिएकी छन् । […]

Continue Reading

तराईमा अत्यधिक गर्मीले जनजीवन कष्टकर

पर्सा । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको वीरगञ्जका […]

Continue Reading

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता !

१८ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको […]

Continue Reading

बीएमएस दोस्रो ब्याचका विद्यार्थीहरुले हिम्लुङ्ग हिमालको सफलतापूर्वक आरोहण गरे !

काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा नेपाल माउन्टेन एकेडेमी (एनएमए) ले सुरु गरेको ‘ब्याचलर अफ माउन्टेनेरिङ स्टडिज (बीएमएस) को दोस्रो ब्याचका विद्यार्थीहरुले ७ हजार १२६ मिटर अग्लो मनाङ जिल्लाको नार्फुमा रहेको हिम्लुङ्ग हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । हिम्लुङ्ग हिमाल माउन्टेनेरिङ रिसर्च एक्सपिडिसन बीएमएस एनएमए २०२३–१ नामक नाम दिइएको दलले मे २७ तरिखको दिन बिहान ९ बजेर […]

Continue Reading

नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् […]

Continue Reading

चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु !

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए […]

Continue Reading

पेस्तोल देखाएर दिनदहाडै लुटियो एनएमबी बैंक !

महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट भएको छ।  मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्। बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ। जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश […]

Continue Reading

रेशम चौधरीले जेलबाट छुटेलगत्तै भने– टीकापुर घटना पुनः छानबिन हुनुपर्छ !

राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर रिहा भएका रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिनको माग गरेका छन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी सोमबार बिहान सवा आठ बजे रिहा भएका हुन्। ‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुन: छानबिन हुनुपर्छ,’ जेलबाट रिहा भएलगत्तै […]

Continue Reading