काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ जना पुगेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार प्रदर्शनका क्रममा काठमाडौँ उपत्यका सहित देशभर ५१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना भारतीय महिला समेत रहेकी छिन् । प्रदर्शनमा सहभागी बोहक ९ जना कैदीबन्दी र ३ जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
