कृषि फार्ममा आगलागी , लाखौंको क्षति !

उज्यालो खबर मुख्य खबर

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार विमला श्रेष्ठको नाममा दर्ता भएको विधान विधि कृषि पशुपन्छी फार्ममा आगलागी भएको हो ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *