शुक्रवारसम्म नयाँ नोट साट्न सकिने !सुरक्षित रुपमा प्रयोग गर्न राष्ट्र बैँकको आग्रह !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

नेपाल राष्ट्र बैँकले चाडबाड लक्षित नयाँ नोट शुक्रवारसम्म साट्न पाउने बताएको छ।

बैँकले आजबाट नयाँ नोट साट्न सुरु गरेको हो। आगामी शुक्रवारसम्म नयाँ नोट साट्न पाइने समयावधि तोकिएको राष्ट्र बैँकले जनाएको छ।

राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ। विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आज देखि आगामी शुक्रवारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताए।

उनले नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै पाउने पनि बताए।

उनले नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने भन्दै सर्वसाधरणलाई नोटलाई सुरक्षित रुपमा प्रयोग गर्न आग्रह गरे।

उनले नोट सुरक्षित रुपमा प्रयोग गर्दा राज्यको करोडौं रुपैयाँ वचत हुने बताए।

सर्वसाधरणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न आवश्यक रहेको भन्दै उनले आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरुमार्फत नोटको चलनचल्ती कम गर्न राष्ट्र बैंकको तयारी रहेको जानकारी दिए।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ। केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूचि समेत निकालेका छन्। सटही गर्दा पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *