गीतसंगीत क्षेत्रका विभिन्न विधालाई समेटेर आयोजना गरिएको ‘बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३’का उत्कृष्ट ५ ‘नोमिनिज’लाई एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको छ । विभिन्न ४६ विधाका उत्कृष्ट ५ मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरिएको छ ।
अवार्डमा राष्ट्रिय, आधुनिक, लोक, लोकपप, थारू र देउडातर्फका विधा समेटिएको छ । अवार्डमा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेका गायक÷गायिकादेखि निर्देशकसम्म प्रतिस्पर्धामा छन् । यस्तै B.Star Film’s Nepal Music Award 2023 /2080 Top 5 Nomination मा “चोट” गित वाट – उत्कृष्ट New Lyricst/ सर्जक/ गीतकार Of The Year र “तिम्रै कारण” गित वाट- उत्कृष्ट New Model of the year मनोनयनमा नेपालगंजका सर्जक तथा मोडल उमेश चन्द ठकुरी लाई प्रमाणपत्र वितरण मसेत गरिएको छ ।

नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्त, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, दोहोरीगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रामजी खाँण, रोयल्टी संकलन समाजका सचिव बि. पाण्डे, सांस्कृतिक समाज नेपालका सचिव अमृत खाती, म्युजिक भिडियो कलाकार संघका उपाध्यक्ष शिवन पोखरेल लगायतले उत्कृष्ट ५ मनोनयनमा पर्न सफल संगीतकर्मीहरुलाई नोमिनेसनको प्रमाणपत्र वितरण गरेका हुन् ।
यस्तै Jeevant Music Award 2080 वाट Top 5 Nomination मा -“वियोग” गित वाट – Best New Model Of The Year मा उमेश चन्द ठकुरी पर्न सफल भएका छन ।

सर्जक तथा मोडल उमेश चन्द ठकुरीले रचना गरेका गीत चर्चित गायक प्रमोद खरेल, मेलिना राई, प्रविशा अधिकारी, समिक्षा अधिकारी, लगाएतका गायक गायिकाहरूले आवाज भरेका छन भने चर्चीत मोडल सारिका के.सी. अन्जली अधिकारी, साया भण्डारी, स्मारिका ढकाल, झरणा बोहोरा लगाएतका मोडलहरुसंग स्कृन सेर गरेका छन उनका धेरै गीतहरु चर्चमा छन ।