सांसद डा. राणाद्वारा राज्यबाट प्राप्त तलब भत्ता यो पटक ज्येष्ठ नागरिक क्लब भवन निर्माण समितिलाई !

उज्यालो खबर मुख्य खबर

बाँके के क्षेत्र न. २ का सांसद तथा राप्रपाका महामन्त्री माननीय डा. धवल शम्शेर राणाद्वारा राज्यबाट प्राप्त तलब तथा भत्ता  जिवनभर सामाजिक कार्यमा लगाउदै आउनु भएको छ ।

यस्तै नियमित झैं  यो पटक पनि   राज्यबाट प्राप्त तलवभत्ता  नेपालगञ्ज वार्ड नं.१२ मा निर्माणाधीन ज्येष्ठ नागरिक क्लब भवन निर्माणको लागी क्लबका अध्यक्ष अजित कुमार शर्मा लाई रु.५०,०००(पचास हजार) सहयोग गर्नु भएको छ ।

सांसद डा. राणा आफ्नो निर्वाचन क्षेत्रमा नियमित भेट घाट तथा छलफल कार्यक्रमको क्रममा आइतबार  जेष्ठ नागरिक क्लब तथा भवन निर्माण समितिले निर्माण गरिएको स्थलगत अनुगमन गरि उक्त समिति लाई सहयोग गर्नु भएको हो ।
कार्यक्रममा  यश क्षेत्रका विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

सांसद डा. राणाले बाँके क्षेत्र नं २ मा रहेका विभिन्न आर्थिक समस्यामा परेका ब्यक्ति तथा आफ्नो क्षेत्रका सामाजिक संस्थाहरुलाइ राज्यबाट पाउने सेवा सुबिधा हस्तान्तरण गर्दै आउनु भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *