पशुपतिनाथ परिसरबाटै महादेवको वाहन ‘नन्दी’ चोरी हुने गरेको खुलासा !

मुख्य खबर

पशुपतिनाथ परिसरमा छाडिएका नन्दी (साँढे)को चोरी निकासी  हुने गरेको खुलासा भएको छ। पशुपति परिसरमा छाडिएका नन्दीहरु चोरी चोरी निकासी भइरहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कारबाही गर्ने पशुपति क्षेत्र विकास कोषले चेतावनी दिएको छ।

पशुपतिनाथ मन्दिरमा प्रत्येक पूर्णिमामा १२ वटा र मकैसुब्बा गुठीबाट १ वटा गरी वर्षमा जम्मा १३ वटाका दरले नन्दी छाड्ने परम्परा रहेको छ। तर त्यसरी छाडिएको साँढेहरु गाई फार्म लगायत विभिन्न बहाना बनाएर चोरी निकासी हुने गरेको पाइएको छ।  

कोषले शनिबार विज्ञप्ति जारी गरी केही दिनयता विभिन्न बहानामा गाई फार्म लगायत विभिन्न बहाना बनाएर नन्दीको चोरी निकासी हुने गरेको पाएको भन्दै यस प्रकारको कार्य नगर्न चेतावनी दिएको छ। यस्ता प्रकारका कार्य अति निन्दनिय र दुखद भएको हुँदा जिवजन्तको अधिकारसँग सम्बन्धित संवेदनशील यस्तो कार्य संलग्नलाई कडा कारबाही गरिने पनि कोषले जनाएको छ। यस प्रकारको गैरकानूनी कार्यलाई प्रोत्साहन नगर्न र गरेको देखेमा उद्धारमा सहयोग गर्न पनि कोषको आग्रह छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *