नेपालमा विद्युत खपतमा कमजोर नीति !

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौं । नेपालमा जलविद्युत उत्पादनले विस्तारै गति लिदैछ । सरकार र निजी क्षेत्र दुवैको लगानी बढ्दो छ । तर नेपालमै भएको ऊर्जाको उचित सदुपयोग भने हुन सकेको छैन ।

यस्तो अवस्थामा पनि सरकार र ऊर्जा उत्पादन गर्ने निजि क्षेत्र नेपालको ऊर्जालाई आन्तरिक खपत बढाउन भन्दापनि भारत र भुटानलाई बेच्नतर्फ बल गरिरहेका छन् ।

काठमाडौँको हायात होटलमा भएको “पावर समिट २०२३” मार्फत नेपालका निजी ऊर्जा उत्पादकहरूले २०० मेगावाटसम्मको बिजुली भारतीय कम्पनीहरूलाई बेच्ने सहमती गरेका छन् ।

अहिले सरकारले भारतिय बजारमा बिजुली बेच्दै आएको छ, भने बंगला देशलाई समेत बिजुली बेच्ने योजना गरिरहेको छ । तर नेपालको ऊर्जा लाई आन्तरिक खपत बढाउन भने सरकारले खासै ध्यान दिएको छैन ।

त्यसो त, मुलुक भित्र अहिले पनि पर्याप्त मात्रामा बिजुली उत्पादन हुन सकेको छैन । अहिले नेपालका सबै ठाउँहरुमा बिजुलीको पहुँच पुग्न सकेको छैन ।

वर्खायाममा सामान्य खपत भन्दा धेरै विद्युत उत्पादन हुने गरेको भएपनि हिउँदको समयमा भारतबाट खरिद गर्नुपर्ने बाध्यता कायमै छ । तर, यसलाई व्यवस्थापन गर्न सकिने वैज्ञानिक आधार छन् । त्यसतर्फ भने सरकार योजनावद्ध रुपमा अघि बढेको देखिदैन ।

नेपालको आद्योगिक क्षेत्रहरुमा पेट्र«ेलियम पदार्थको प्रयोग उल्लेखनीय मात्रामा भइरहेकाले पनि विद्युतको उचित खपत हुन सकेको छैन ।

अहिले सरकारले इन्धनबाट संचालन भइरहेका सवारी सधनहरुमा पनि ब्याट्र«ी जडान गर्दै विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकतामा राखेर चार्जिङ स्टेशजहरुको विस्तार गर्दै बिजुलीको खपत बढाउनु पर्ने देखिन्छ ।

सरकारले विद्युत उत्पादनसँगै आन्तरिक खपतलाई पनि फराकिलो बनाउदै गएमा पेट्र«ेलियम पर्दाथको आयातलाई विस्थापित गर्न बल पुग्ने देखिन्छ ।

विद्युत् खपत बढाउनु केवल व्यापार घाटा न्यूनिकरण गर्ने विषय मात्र नभई मुलुकको समग्र अर्थतन्त्र विकासको बलियो आधारपनि भएकाले यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *