२०८२ चैत्र २३ सोमबार
२०८२ चैत्र २३ सोमबार

जनताको मत पाए नेपालगञ्जमा क्रिकेट मैदान बनाउँछु : कमरुद्धिन राइ

बाँके माघ २६ गते ।
बाँके क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमरुद्दिन राईले जनताको अभिमत पाए नेपालगञ्जमा आधुनिक क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

 


मतदाता भेटघाटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनी पुगेका उम्मेदवार राईले युवालाई खेलकुदमार्फत जोड्ने उद्देश्यसहित क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका हुन्।
उनले क्रिकेट मैदानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको जानकारी दिँदै भने, “जग्गाको बन्दोबस्त भइसकेको छ। कुन ठाउँको जग्गा हो अहिले खुलाउँदिनँ। जग्गा किटान गर्दा अरूले पनि आफ्नो एजेन्डा बनाउँछन्। तर जितेपछि क्रिकेट मैदान बनाएरै छाड्छु।”
राईले आफ्नो घर–समुदाय छाडेर जाने नेताले जनताको अधिकार स्थापित गर्न नसक्ने टिप्पणी गर्दै मतदातालाई सचेत रहन आग्रह गरे। “आफूले बनाएको घर छाडेर जानेहरूले अरूको लागि गर्लान् भन्ने विश्वास गर्न सकिँदैन,” उनले भने, “मधेसीको अधिकार स्थापित गर्न कुनै कसर बाँकी राख्ने छैन। त्यसका लागि तपाईंहरूको आशिर्वाद आवश्यक छ।”

 


उनले जितेर गएपछि पनि जनतासँग निरन्तर जोडिइरहने प्रतिबद्धता व्यक्त गर्दै भने, “जितेर गए पनि म सदैव तपाईंहरूसँगै रहनेछु। काँधमा काँध मिलाएर सुख–दुःख साटासाट गर्ने मेरो अठोट छ।”
नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर हुँदा चप्पल लगाउने र जुत्ता लगाउने सबैलाई समान व्यवहार गरेको स्मरण गराउँदै उनले भविष्यमा पनि कसैलाई काखा र कसैलाई पाखा नगर्ने स्पष्ट पारे। “पदमा हुँदा होस् वा नहुँदा, मेरो व्यवहार सधैँ समान रहनेछ,” उनले भने, “पदमा पुगेपछि मतदातालाई बिर्सने मेरो बानी छैन।”
उम्मेदवार राईले गरिब, असहाय र पछाडि पारिएका समुदायको अधिकारका लागि निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता समेत दोहो¥याएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।