२०८२ चैत्र २२ आईतवार
२०८२ चैत्र २२ आईतवार

भारत सरकार युवालाई रील बनाउन सिकाउँदै , १५ हजार स्कुलमा कन्टेन्ट क्रिएसन ल्याब स्थापना गर्ने

१९ माघ, काठमाडौं । भारत केन्द्र सरकारले युवालाई डिजिटल कन्टेन्ट निर्माण, विशेषगरी रील बनाउने सीप सिकाउन विद्यालय तथा कलेजस्तरमै कन्टेन्ट क्रिएसन ल्याब स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०२६ को बजेट प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सीथारमणले १५ हजार माध्यमिक विद्यालय र ५०० कलेजमा कन्टेन्ट क्रिएटर ल्याब स्थापना गर्ने घोषणा गरेकी हुन् ।

उनका अनुसार मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजीको सहयोगमा देशभरका विद्यालय र कलेजहरुमा कन्टेन्ट क्रिएटर ल्याब सञ्चालन गरिनेछ ।

यी ल्याबमार्फत युवालाई एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ, कमिक्स तथा सामाजिक सञ्जालका लागि रील र डिजिटल सामग्री निर्माण गर्न सिकाइने छ ।भारत सरकारले AVGC  (एनीमेसन, भिजुअल इफेक्ट्स, गेमिङ र कमिक्स) क्षेत्रमा २०३० सम्म २० लाख युवालाई दक्ष बनाउने लक्ष्य लिएको छ ।

साथै, पढाइसँगै कम्पनीमा काम गर्ने अवसर दिने गरी पाँच नयाँ इन्टर्नसिप कार्यक्रम पनि सुरु गरिने बजेटमा उल्लेख छ ।

गेमिङ स्टार्टअपलाई प्रोत्साहन गर्न १० हजार करोड रुपैयाँको कोष स्थापना गरिनेछ, जसबाट १० लाखभन्दा बढीलाई रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

एआई र डीप–टेक केन्द्रित १० हजार नयाँ फेलोसिप पनि सुरु गरिनेछ ।

यसैगरी, २० प्रमुख पर्यटकीय स्थलमा १२ हप्ताको हाइब्रिड तालिममार्फत १० हजार टुरिस्ट गाइडलाई सीपयुक्त बनाउने लक्ष्य समेत छ । राष्ट्रिय डिजिटल ज्ञान ग्रिड स्थापना गरेर स्थानीय अनुसन्धानकर्ता, इतिहासकार र कन्टेन्ट क्रिएटरका लागि रोजगारीका अवसर सिर्जना गरिने भारतको बजेटमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।