काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सोमबार ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन सोमबार तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
आइतबार सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।









