संघको आगामी निर्वाचनका लागि सन्जय अग्रवालले उम्मेदवारी दिने !

उज्यालो खबर मुख्य खबर

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि उद्योगपति तथा समाजसेवी सन्जय अग्रवालले उम्मेदवारी दिने भएका छ्न । नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले अग्रवाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उद्योग र वाणिज्य क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेर स-साना पूँजीका व्यापारी र दूला पूँजीका उद्योगपतिसम्मका समस्यालाई नजिकबाट बुझेको र साथीहरूको प्रस्ताव उचित लागेर मैदानमा उत्रने निर्णय गरेको अग्रवाल भनाइ छ ।

महासंघको बुधवार भएको बैठकले अग्रवाललाई संघको उम्मेदवार बनाउने निर्णय गरेको सचिव भीम बहादुर रानाभाटले जानकारी दिए। सचिव रानाभाटले अध्यक्षको निर्णय भएपनि बाँकी पदका विषयमा भने छलफल र ढुंगो नलागेको जानकारी दिए ।

अग्रवालको समाजिक छेत्रमा पनि निकै योगदान रहेको छ । भुकुम्मको समयमा भुकम्प पीडित लाई र कोरोना को समय कोरोना पीडित लाई राहत बितरन मा सक्रिय देखिने गरेका थिए । यस्तै प्राकृतिक प्रकोप बाडी पहिरो पीडित लाई पनि राहत बितरन् गर्ने गरेका छन ।

बिगत २५ बर्स देखि जय मंगलम सिमेन्ट प्रा. लि. उद्योग संचालन गरि धेरै ब्यक्तिहरुलाइ रोजगार दियका छन । र विभिन्न निर्माण कार्यलाई मजबुद बनउना विभिन्न ब्राण्ड का सिमेन्ट उत्पादन गरुरहेका छन । स्थानीय उत्पादनलाई स्थानीय स्तरमा प्रयोगमा ल्याउनु पर्छ भन्ने सोचका साथ अगाडि बढीरहेका छ्न ।

जय मंगलम सिमेन्ट प्रा.लि.ले यो क्षेत्र बाट यति सिमेन्ट, गौरब सिमेन्ट, रक्स्टोङ सिमेन्ट, लगायतका विभिन्न ब्रान्डका सिमेन्टहरु उत्पादन गरिरको छ ।

उद्योगपति तथा समाजसेवी सन्जय अग्रवाल आगामी निर्वाचनका लागि भेटघाट तथा छलफलमा लागिपरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *