मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु, छोरी घाइते !

उज्यालो खबर मुख्य खबर

१४ चैत, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिका १ बुखेल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। उनीहरूकी ५ वर्षकी छोरी गम्भीर घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनी श्रीमती ३४ वर्षीय सृजना फुयाल रहेका ललितपुरका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

बुखेलबाट गोटीखेलतर्फ जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो । घाइते बालिकाको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *