फागुन १२ गते, काठमाडौं ।
सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा लाखौंको क्षति भएको छ ।
बोदे बर्साइन नगरपालिकाका वडा न.१० खडकपुमा बिहीबार अचानक आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ । ४ निबासी पलनु यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उहाँको घरसहित गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घर जलेको हो ।
हावा हुरीका चलेका कारण छोटो समयमामै आगो सल्केर ४ घर खरानी बनाएको पीडितहरुले बताएका छन् । आगलागीमा परी ती व्यक्तिहरुको घर र घरभत्रका सम्पूर्ण सामान जल्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगो निभाउन स्थानीय बासिन्दा, प्रहरीको सहयोगमा निभाइएको थियो ।