साविक परीक्षा केन्द्र खारेज माग सहित विद्यार्थीहरु आन्दोलनमा !

उज्यालो खबर मुख्य खबर शैक्षिक निगरानी

संवाददाता, नेपालगंज ।

साविक परीक्षा केन्द्र खारेज गरी नयाँ परीक्षा केन्द्र कायम गरिनुपर्ने माग सहित कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन ।

विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै अनिश्चितकालिन रुपमा कलेज प्रशासनमा तालावन्दी समेत गरिएको छ ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनहरुको अगुवाईमा शुरु गरिएको संयुक्त आन्दोलन अन्र्तगत आज दिँउसो कलेजको गेटमा टायर बालेर विद्यार्थीहरुले पोखरा विश्वविद्यालय विरुद्ध चर्को नाराबाजी समेत गरे ।

पोखरा विश्वविद्यालय अन्र्तगत रहेको कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजको परीक्षा केन्द्र अलपाइन म्यानेजमेन्ट कलेजमा कायम गरिएको छ ।

तर अलपाइनले आफना विद्यार्थीहरुलाई सहज वातावरण बनाईदिए पनि कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुलाई भने विगत देखी नै अत्याधिक लापरवाही र विभेद गर्ने गरेको आरोप लगाउदै तोकिएको परीक्षा केन्द्र प्रति विद्यार्थीहरुले असहमति जनाउदै आएका छन ।

हेर्नुहोस ध्यानाकर्षण पत्र समेत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *