नेपालगन्ज : नेपालगन्ज टेक्निकल कलेजको आयोजनामा एचए र सिएमएलटी तेस्रो बर्षका विद्यार्थीको बिदाई गरेको छ ।
२०७५ सालमा नेपालगञ्ज टेक्निकल कलेजमा अध्ययन सुरु गरि गरेका बिद्यार्थीहरुलाई कलेजबाट विदाई गरेको छ।
विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै कलेजका सञ्चालक किशोर पाण्डेले सबै विद्यार्थीलाई आगामी दिनको लागि शुभकामना दिनुभएको थियो ।
त्यस्तै कलेजका प्रिन्सिपलले पनि स्वास्थ्य जस्तो संवेदनशील विषयमा भविष्यमा जुनसुकै ठाउँमा भए पनि एकदम होसियारी पूर्वक कार्य गर्दै विद्यार्थीको उज्वल भविष्यको कामना गर्नुभएको थियो।
कार्यक्रममा कलेजका सामान्य चिकित्सा तेर्सो बर्षका विद्यार्थी नर प्रसाद जैसी, ल्याब टेक्निसिएनका विद्यार्थी खगेन्द्र भट्टराई र एचए तेस्रो बर्षका विद्यार्थी रमेश चौलागाईले कलेज रहदाको समय स्मरण गर्दै कलेजलाई धन्यवाद दिएका थिए ।
सम्पन्न विदाई कार्यक्रम नेपालगञ्ज टेक्निकल कलेजको हेल्थ को-अर्डिनेटर ज्योति शर्माले सञ्चालन गरेका थिए ।