फेरि अर्की महिलाले गरिन् आत्मदाह, कारण के थियो ?

आर्थिक परिवेश उज्यालो खबर मुख्य खबर

काठमाडौं । पछिल्लो समय एकपछि अर्को गर्दै आत्मदाहका घटना घटिरहेका छन् । मानिसले विभिन्न कारणबाट आवेगमा आइ आफ्नै शरीरमा प्रज्वलशिल पद्धार्थ खन्याइ आगो लगाएर आत्मदाह गर्ने क्रम बढ्न थालेको हो । 

पछिल्लो समय भने सप्तरीमा एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेकी छिन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साह आफनै शरीरमा आगो लगाएर आत्मदाह गरेको प्रहरीको भनाइ रहेको छ । 

उनले घरमा कोही नभएको मौका हेरी घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजुदेवीलाई शौचालयमा शरीर जलेर मृत्यु भएको अवस्थामा फेला पारिएको छ । 

उनले शरीरमा आगो लगाउनुको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *