सरस्वतीको पूजा–आराधना गर्ने दिन (तस्बिरहरू)

उज्यालो खबर मुख्य खबर

आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्ने दिन।

श्रीपञ्चमीका अवसरमा सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लागेको छ। विद्यार्थीले विशेषगरी सरस्वतीको पूजाअर्चना गर्ने र आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।

सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ।

हेर्नुहोस् काठमाडौंको स्वयम्भुस्थित सरस्वती मन्दिरमा बालबालिकाले अक्षरारम्भ गर्दै गरेका तस्बिरहरू यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *