नेपालगन्ज उपप्रमुखमा राईको जित सुनिश्चित जस्तै’

उज्यालो खबर मुख्य खबर

बाँके बैशाख २२ गते ।
गठबन्धन र जनता समाजवादी पार्टीको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको जित सुनिश्चितजस्तै देखिएको छ ।

निर्वाचनको मिति आउन ८ दिन बाँकी छदा राइप्रति मतदाताको आकर्षण देखिएको छ । नगरबासीको सुखदुखमा सधैं साथ दिने र सहयोगी भावनाका राइलाई उपप्रमुखमा ल्याउनु पर्छ भन्दै मतदाताहरु स्वस्र्फतरुपमा आफै घरदैलोमा निस्कने गरेका छन् ।

मतदाताहरुले नेपालगन्जलाई विकसित शहर बनाउन राईको विकल्प नभएको बताउँछन् । राईले आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ को घोसीटोल गौसिया मस्जिदक्षेत्रको घरदैलोमा निस्केका छन् ।

वडा नम्वर ४ का उम्मेदवारसहित उनी घरदैलोमा निस्कीएका हुन् । वडा र उपमहानगरपालिकाको विकासका लागि जसपाका उम्मेदवारहरुलाई जिताउन राईको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *