बाँकेको कोहलपुरमा युवा एक झुन्डिएको अवस्थामा फेला !

उज्यालो खबर मुख्य खबर

माघ ११ गते, बुधबार ।
बाँकेको कोहलपुरमा एक जना युवा झुन्डिएको अवस्थामा फेला परेका छन।

कोहलपुर नगरपालिका वडा नं.१० हाइस्कुलदेखि पश्चिमतिर रहेको बिद्यानगरमा एक जना कोठाभित्र झुन्डिएको अबस्थामा फेला परेका छन । उनि बर्दिया बढैयाताल वडा नं. ४ निवासी २८ बर्षिय जगेन्द्र चौधरी झुन्डिएको अबस्थामा फेला परेका थिए ।

हिजो मंगलबार सांझ मदिरा सेवन गरी डेरामा आएको पत्नि जमुना चौधरीले बताएकी छिन । श्रीमान श्रीमतीबिच सामान्य झगडा भएको र झगडा पछि श्रीमती सोहि घरमा डेरागरि बस्ने अर्को रुमको केटी साथीको कोठामा सुत्न गएपछि मृतक जगेन्द्र एकलै रहेका बेला राति आत्महत्या गरेको अनुमान गरेको र थप घटनाको बारेमा प्रारम्भिक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *