शुक्रबार सभामुख देवराज घिमिरेले लिए शपथ !

उज्यालो खबर मुख्य खबर

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनला२ पद तथा गोपनियताको शपथ गराएकी हुन्।

उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए।

यसैबीच घिमिरेले आफूले एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए।  घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन्।  यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *