देवराज घिमिरेको सभामुखमा उम्मेदवारी दर्ता !

उज्यालो खबर मुख्य खबर

४ माघ, काठमाडौं । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।

सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यो खबर अनलाइन खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *