भोलि घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै !

उज्यालो खबर मुख्य खबर

काठमाडौं : एमाले छाडेका नेता घनश्याम भुसाल भोलि (शुक्रबार) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले स्वागत गर्ने भएका छन्। 

एकीकृत समाजवादीले शुक्रबार अर्याल होटलमा पत्रकार सम्मेलनको तयारी गरिरहेको छ। अध्यक्ष नेपालले भुसाललाई पार्टी प्रवेशका लागि सम्बाद गर्दै आएका थिए। आज बिहान अध्यक्ष नेपाल, उपमहासचिव प्रकाश ज्वाला र भुसालबीच यस विषयमा छलफल भएको स्रोतले जनाएको छ। 

एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले छिटोभन्दा छिटो पार्टीमा सामेल हुन भन्दै घनश्याम भुसाललाई पत्रसमेत पठाएको छ। पत्रमा भनिएको छ,‘पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन्। त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ।’

मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि भुसाललाई माओवादीले समर्थन गरेको थियो। यो खबर अन्नपुर्ण खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *