श्रीमती खाना नपकाएको भन्दै लात्तीले हिर्काउँदा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ !

उज्यालो खबर मुख्य खबर

झापामा लात्तीले हिर्काउँदा एक जना महिलाको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिका-९ खरबन्दी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

उनी खरबन्दीका वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्दै आएकी थिइन्।

कार्यालयका अनुसार मंगलबार साँझ ६ बजेतिर खाना नपकाएको विषयमा श्रीमान-श्रीमतीबीच झगडा भएको थियो। त्यहीबेला उनका ३५ वर्षीय श्रीमान विश्वराज घिसिङले पेटमा लात्तीले हिर्काएका थिए। 

लात्तीले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरीले श्रीमान विश्वराजलाई गएराति नै पक्राउ गरेको छ। 

उनीमाथि इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान अघि बढाएको बताएको छ। यो खबर सेतोपाटी खबर मा छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *