नेपालगंजमा शुक्रबार साहित्यकार दिला शाहको एकल रचना रहेको गीति एल्बम स्पन्दनको विमोचन गरिएको छ ।
साहित्यकार एवम् गीतकार शाहकी आमा देवा शाहको सम्मानार्थ दिदी बहिनी समाज बाँके र बास नेपालले शुक्रबार नेपालगन्जमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायत लगाएतका ब्यक्तिहरुले एल्वमको विमोचन गरेका थिए ।
‘साहित्यकार एवम् गीतकार शाहले रचनागरेका गीतहरु ‘तिमीलाई सम्झेको पल’, ‘चिन्या छैन, जान्या छैन’ र ‘नजाउ टाढा कतै’ बोलका ३ वटा आधुनिक बिद्याका गीतहरु रेकर्ड गरिएका भएका छन ।उक्त गीतहरुमा गायिका अस्मिता अधिकारी, रचना रिमाल र सागर अधिकारीको आवाजमा गीत रेकर्ड छन् । गीतकार शाहले रचनागरेका गीतहरुमा संगीतकार सागर अधिकारीले संगीत संगीत भरेका छन ।
‘तिमीलाई सम्झेको पल’ गीतको म्युजिक भिडियो निर्माण भएको छ । सोही कार्यक्रममा भिडियो पनि सार्वजनिक गरिएको थियो । दिदी बहिनी समाज बाँकेकी अध्यक्ष रमादेवी शाहको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा साहित्यकार दिला शाहद्वारा आमा नामक कविताको श्रव्य दृश्य प्रस्तुत गरिएको थियो भने गीतका संगीतकार सागर अधिकारीले आफ्नै आवाजमा रहेको नजाउ टाढा बोलको गीत गाएका थिए ।
कार्यक्रममा नेपालगंज क्षेत्रका सहित्यकार तथा भिभिन्न ब्यक्तिहरुको सहभागीतामा सम्पन्न भएको थियो ।