काठमाडौं- समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई फिर्ता नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आग्रह गरेको छ।
तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले कर्मचारीलाई फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ।
८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ। मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ।