एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला !

उज्यालो खबर मुख्य खबर

 बाराको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार गाडेको अवस्थामा फेला परेको थियो ।

गाँउका स्थानीयबासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । हराइरहेका चौधरी आफ्नै गोठ र पोखरिको बिच खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको थियो। शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी बोगटीले बताए । शवलाई पोस्टमार्टम गर्न कलैया स्थित प्रादेशिक अस्पतालमा लगिएको छ । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *